नेपाल उद्योग वाणिज्य महासङ्घले पहिलो पटक काठमाडौँमा आयोजना गरेको ‘लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन २०७९’ दश बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । आज ललितपुरमा सम्पन्न पहिलो सम्मेलनले प्रदेशमा हरेक वर्ष र सङ्घमा दुई वर्षमा यस्तो सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । महासङ्घले २०७७ चैतमा सार्वजनिक गरेको ‘राष्ट्रिय आर्थिक रुपान्तरण, २०३०’ मा राखिएका साना तथा मझौला उद्यमलक्षित कार्यक्रम कार्यान्वयनलाई निरन्तरता दिने घोषणा पनि यो सम्मेलनले गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासङ्घबीच २०७९ साउनमा भएको समझदारीअनुसार साना एवं मझौला उद्यमको प्रवद्र्धनका लागि निरन्तर सहकार्य गर्ने निर्णय पनि सम्मेलनले गरेको छ । त्यस्तै महासङ्घमा स्थापना भएको लघु, घरेलु, साना एवं मझौला उद्यम सहायता केन्द्रमार्पmत उद्यमीलाई निरन्तर आवश्यक सेवा प्रदान दिने विषय घोषणापत्रमा राखिएको छ । लघु, घरेलु साना तथा मझौला उद्यमीका उत्पादनलाई देशभित्रै सञ्चालित ठूला उद्योगसँग जोड्न निरन्तर पैरवी गर्ने र स्वेदशी कच्चा पदार्थको उत्पादन बढाउन पहल गर्ने निर्णय पनि महाङ्घको यो सम्मेलनले गरेको छ ।रासस