मोरङ सुन्दरहरैँचाका कवि आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । प्रगतिशिल लेखक संघका महासचिब डा देवी दुलाल क्षेत्रीले उक्त कृति लोकार्पण गर्दै आफूहरुले सर्जकलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो । लोकार्पित कृतिमा डा दीपकप्रसाद न्यौपानेले समीक्षा गर्नुभएको थियो । भाषाविद् तथा साहित्कारका रूपमा समेत परिचित लेखक आचार्यले लामो समयसम्म सुकुना बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नुभको थियो। कार्यक्रममा सहभागी साहित्यकारले आफ्ना कविता, लघुकथा, कृतिभित्रका कविता, गजल, मुक्तक र हाइकु वाचन गर्नुभएको थियो ।रासस