उज्वेकिस्तानले दुई सय ५० वटा लघु जलविद्युत् आयोजना निर्माण गर्नेभएको छ । बढ्दो आन्तरिक माग सम्बोधन गर्न लघु आयोजना निर्माण गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ । वर्तमान सन्दर्भमा स्वच्छ ऊर्जाको विकास अपरिहार्य भएकाले साना जलविद्युत् केन्द्र निर्माण गर्ने निष्कर्षमा सरकार पुगेको र सम्भावित निर्माणस्थल पनि पहिचान भइसकेका र परियोजनासम्बन्धी आवश्यक विवरण राष्ट्रपति शावकट मिर्जयोयेभसमक्ष प्रस्तुत भइसकको उक्त कार्यालयले जनाएको छ । सौर्य र वायु ऊर्जा प्रवद्र्धनका परियोजनामा पनि सरकारको ध्यान गएको बताइएको छ । स्वच्छ ऊर्जाको बजार विस्तार भइरहेका बेला पछिल्लो परियोजना कार्यान्वयन भएपछि निजी क्षेत्रलाई थप लाभान्वित हुनेछन् । ऊर्जा बजारमा नवीकरणीय ऊर्जाबाट उच्च प्रतिफल प्राप्त हुनाका साथै यसलाई आकर्षक मूल्यमा बेच्न सकिन्छ ।रासस