५ माघ, माेरङ ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रदेशको राजधानी विराटनगरलाई सफा र सुन्दर बनाउन सहयोगको अपेक्षा गर्नुभयो । महानगरपालिकाको आग्रहमा नियमित कार्यालय प्रमुखको बैठकमा उहाँले प्रदेशको राजधानी विराटनगर भएकाले यहाँका सबै सरकारी कार्यालय व्यवस्थित एवं फोहरमुक्त हुनुपर्ने आग्रह गर्नुभयो । विराटनगर पर्यटन, शिक्षा र स्वास्थ्यको केन्द्र बन्दै गएकाले यसको आमूल परिवर्तन हुनु आवश्यक छ भन्नुभयो । महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगरलाई सफा, हराभरा एवं सुन्दर बनाउन योजनाबद्धरुपमै लागिपरेको बताउनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विगतको भन्दा अहिले जिल्लास्थित सेवाप्रदायक कार्यालयबाट सेवाग्राही सन्तुष्ट भएर जाने गरेकाले यसलाई निरन्तरता दिन कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले राष्ट्रसेवक कर्मचारीले काम, व्यवहार र परिणामबाट जनतालाई सन्तुष्ट पार्नुपर्ने भन्दै सरकारका नीति तथा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत विष्णु कोइराला, सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादव, जिल्ला शिक्षा समन्वय एकाइ मोरङका ट¬ङ्क गौतम, महानगरपालिका सरसफाइ महाशाखाका संयोजक पुनम दाहाल, राजस्व तथा कर महाशाखा प्रमुख सरोज गौतमले महानगरका विविध पक्षमा चर्चा गर्नुभयो । रासस