पोखरा बस्साकी, काठमामाणडौँ है उडाइ लैग्यो, पोखरा बस्साकी सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।। छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र बादलभित्र लैग्यो, दुई फन्का पशुपति लायो, बादलभित्र लैग्यो । सम्झानामा रहीगया, मान्छे बाईगया, फोटो मात्रै सम्झनामा रैग्या । बनाइदियो खाग लासै पनि नचिनिन्या बनाइदियो खाग । धर्मी महिनाना माघ, आँशुका नौधरा बग्या धर्मी महिना माघ ।। चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको बेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गर्नुभएको छ । आफुले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति सुदूरपश्चिमको ठाडी भाकामाश्रद्धाञ्जली दिएको उहाँले बताउनुभयो । बुधबार राति युट्युवमार्फत भाका सार्वजनिक गर्नुभएका भट्टले गीत गाउनुका साथै आफूले लय दिएको समेत बताउनुभयो ।रासस