५ माघ, काठमाडाैं ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा सबैभन्दा पुरानो दौत्यसम्बन्ध रहेको नेपाल र बेलायतबीच सधैँ सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ । रासस