कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर (क्याथल्याव) शुभारम्भ गर्नुभएको हो । अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औल्याउँदै उहाँले अस्पतालमा आउने कोही पनि पैसाको अभावले मृत्युवरण नगरुन् र सहज रुपमा सेवा पाउन् भन्नेमा जोड दिनुभयो । मन्त्री गिरीले अस्पतालका उपकरण छिटो विग्रने कुराप्रति आफ्नो ध्नाकर्षण भएको जनाउँदै भविष्यमा यस्तो हुन नदिन आग्रह गर्नुभयो । स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले क्याथल्याबले मुटु रोगीको उपचार गर्न सहज हुने बताउनुभयो ।उहाँले संविधानले सुनिश्चित गरेको आधारभूत निःशुल्क स्वास्थ्य सेवालाई कार्यन्वयन गर्र्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले मुलुककै पुरानो र ठूलो अस्पतालमा क्याथल्याब आवश्यक महुसुस गरेर स्थापना गरिएको बताउनुभयो । उहाँले चार मुटु रोग विशेषज्ञ भएको अस्पतालमा एउटा क्याथल्याब सेवाको विस्तार गरिएको र यसबाट बिरामीलाई गुणस्तरीय तथा सर्वसुलभ सेवा उपलब्ध सहज हुने उल्लेख गर्नुुभयो । हृदयाघात भएर आउने बिरामीलाई २४ घण्टाभित्र प्राइमरी एन्जिओप्लाष्टिक (मुटुको नशा खोल्न) क्याथल्याब आवश्यक पर्दछ ।रासस