रुपन्देही जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्ना चार वटा सेवामा ‘टाईम कार्ड’ लागू गरेको छ । सेवालाई सहज ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्र्याैल हटाउन उक्त कार्ड लागू गरिएको हो । सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई–पासपोर्टमा उक्त कार्ड लागू गरिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने तयारी गरिएको उहाँले बताउनुभयो । “यसअघि पनि बडापत्रमा लेखिएअनुसार सोही दिन नै सेवा दिइरहेका थियौंँ, तर यसले कति घण्टा प्रतिक्षा गर्नुपर्ने भन्ने सेवाग्राहीमा अन्र्यौल थियो ।” सूचना अधिकारी अर्यालले भन्नुभयो “टाईम कार्ड लागू भएपछि सेवाग्राहीले एउटा निश्चित समय पाउँछ र सो समयसम्म उसले अन्य काम पनि भ्याउन सक्छ ।” उहाँका अनुसार कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय सहितको एउटा टोकन वितरण गरिन्छ । टोकनमा सेवाग्राहीले सेवा पाउने समय र कोठा नम्बर उल्लेख हुन्छ । नयाँ नागरिकताको हकमा प्रमाण पु¥याएर १२ बजेभित्र पेस गर्ने निवेदकलाई १ बजे भित्र र दिउँसो १२ बजेदेखि ३ बजेसम्म पेस गर्ने निवेदकलाई ४ बजेभित्र नागरिकता प्रदान गरिन्छ ।रासस