नेकपा(एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । सुमेरु अस्पतालमा आज बिहान पुगेर महासचिव पोखरेलले नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललगायतले पनि अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका गत शनिबारदेखि सुमेरु अस्पतालमा भर्ना हुनुभएको हो । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन केही दिन पहिले रोल्पा पुग्नुभएको थियो ।रासस