नयाँ वर्षको पूर्वसन्ध्यामा लेबनानको उत्तरी तटबाट यात्रा गर्ने क्रममा २३० भन्दा बढी आप्रवासी बोकेको एउटा सानो डुङ्गा बिग्रियो र डुब्न थाल्यो । सामुद्रिक गार्डले तीमध्ये धेरैलाई उद्धार त ग¥्यो तर उनीहरूले निर्वासन समस्याको सामना गरिरहेका छन् । सिरियाली र प्यालेस्टाइनी शरणार्थीका साथै सन् २०१९ मा लेबनानको अर्थतन्त्र ध्वस्त भएपछि लेबनानी नागरिकसमेत सामुद्रिक बाटो जोखिम मोलेरै भएपनि यूरोप पुग्ने प्रयास हुनेगर्छ । यी प्रयासहरू प्रायः घातक हुने गरेको आप्रवासीमामिला हेर्ने राष्ट्रसङ्घीय निकायले बताएका छन् । यस पटक लेबनानको जलसेना र इजरायलसँगको सीमामा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका उद्धारकर्मीले दुई यात्रु, एक सिरियाली महिला र एक बालकबाहेक सबैलाई बचाउन सफल भएका थिए । तथापि, बाँचेकाहरूमध्ये थुप्रैका लागि राहत क्षणभङ्गुर थियो । उनीहरूलाई त्रिपोली बन्दरगाहमा फिर्ता ल्याएपछि लेबनानी सेनाले उद्धार गरिएका करिब २०० सिरियालीलाई ट्रकमा लोड गरेर उत्तरपूर्वी लेबनानको दुर्गम क्षेत्र वादी खालिदको अनौपचारिक सीमा नाकाको सिरियाली क्षेत्रमा छोडिएका केही जीवित व्यक्ति र मानव अधिकार अनुगमनकर्ताहरूले बताएका छन् । देश निकालाको आदेश कसले दिएको थियो भन्ने स्पष्ट नभए पनि यो घटनाले लेबनानी सेनाले सिरियालीहरूलाई देश निकाला गर्ने कार्यलाई बढावा दिएको पुष्टि गरेको छ । सेना र सामान्य सुरक्षा अधिकारी, अध्यागमन मुद्दाहरूको व्यवस्थापनको लागि जिम्मेवार एजेन्सीहरूले टिप्पणीको लागि बारम्बार गरिएको अनुरोध पछि पनि यसबारे जवाफ दिएका छैनन् ।रासस