एक्कासी घरभित्रबाट निकै जोडले कराएर रोएको आवाज आउँछ । भित्रबाट धेरै मानिसको चिच्याहट सुनिन्छ । रोएको आवाज सुनेर घर बाहिर रहेकी एउटा महिलाले ‘बचाऔँ, बचाऔँ’ भनेर गुहार मागिरहेकी हुन्छिन् । महिलाले गुहार माग्दै गर्दा त्यहाँ नजिक रहेका मानिस पनि हत्तासिएर रोएको दृश्यले धेरैको ध्यान केन्द्रित गराउँछ । वरपर बसेका मानिस हल्लाका आवाज सुनेपछि एक–दुई गर्दै जम्मा हुन्छन् । घटनाका विषयमा स्थानीयले प्रहरीलाई जानकारी दिन्छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विपद उद्धार टोली तत्काल आवश्यक सामग्रीसहित लिएर घटनास्थलमा पुग्छ । हतपत्त गरेर उनीहरूले एकातिर भूकम्पले च्यापिएका र अर्कोतिर आगलागीबाट पोलिएका मान्छेहरू उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले दमकलबाट आगो निभाउने र घाइतेलाई जतिसक्दो घर बाहिर निकाल्छ । घटनास्थलमा पुगेका रेडक्रस र स्वास्थ्यकर्मीको टोलीले विपद्का कारण घाइते मानिसलाई उपचारमा तदारुकता देखाउँछ ।रासस