नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्षतर्फ चुनाव जितेर सङ्घीय संसद्मा आउनुभएकी एकमात्र महिला रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उहाँ मन्त्रीमध्ये पहिलो वरियतामा हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्री दाहालले सरकारको प्रवक्तासमेत मानिने महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । रेखा शर्मा नेपाली इतिहासमा दोस्रो महिला सञ्चारमन्त्री हुनुहुन्छ । जनयुद्धमा शान्ति प्रक्रियापछिको राजनीतिमा उत्तिकै सशक्त भूमिका निर्वाह गर्ने महिला नेत्रीमध्ये शर्माको नाम अग्रस्थानमा आउँछ । सामान्य प्रशासनमन्त्री बनेर आफ्नो क्षमतालाई प्रमाणित गर्नुभएको र संसदीय समितिमा अब्बल भूमिका खेलेर प्रशंसा कमाउनुभकी शर्माको प्राथमिकता, सरकारको सञ्चारमाध्यमप्रतिको दृष्टिकोण र आगामी कार्य प्राथमिकताबारे राससका वरिष्ठ सम्पादक महेन्द्र सुवेदीले गरेको कुराकानी : प्रश्न : नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त हुनुभएको छ । उथलपुथलपूर्ण राजनीतिक यात्रा तय गर्दै यो जिम्मेवारीमा आइपुग्नुभयो । सञ्चार तथा सूचना प्रविधिजस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्दा कस्तो अनुभूति गर्नुभएको छ ।रासस