मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिने भएको छ । प्रदेशसभाको आजको बैठकबाट नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिनुभयो । “हाम्रो पार्टी संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ”, यादवले भन्नुभयो, “प्रदेशको विकासका लागि प्रतिपक्षमा बस्ने गरी हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छाँै ।” उहाँले कांग्रेसले कहिल्यै पनि सत्तामा जान हतार नगर्ने बताउनुभयो । अहिले बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि छलफल भइरहेको छ ।रासस