मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशवटै दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत दिनुभएको हो । मधेस प्रदेशसभामा माओवादी केन्द्रका दुई जना प्रदेशसभा सदस्यको शपथ ग्रहण बाँकी रहेकाले प्रदेशसभामा हाल एक सय पाँच सदस्य रहेका छन् । पुस २७ गते मुख्यमन्त्रीको दाबी पेश गर्दा सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको मात्रै समर्थन रहेकामा बुधबारको बैठकमा यादवले असाधारणअर्थात् उपस्थित सम्पूर्ण सदस्यको मत प्राप्त गर्नुभयो । प्रदेशसभाको पहिलो कार्यकालमा सभामुखको जिम्मेवारी सम्हालिसक्नुभएका यादव जसपाबाट पहिलोपटक मुख्यमन्त्री बन्नुभएका लालबाबु राउतलाई रोक्दै सर्वसम्मत पार्टी संसदीय दलको नेता र त्यही हैसियतमा संविधानको धारा १६८ (२) बमोजिम गत पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभयो । अब उहाँ सत्ता गठबन्धनको समझदारीअनुसार साढे दुई वर्ष प्रदेशको कार्यकारी प्रमुखको रुपमा रहनुहुनेछ ।रासस