नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ । पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो । त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ । विसं २०३५ मा भोजपुरको अेख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट जन्मनुभएका राई भोजपुरबाट तीन पटक (विसं २०६४, २०७४ र २०७९) मा सांसद बन्नुभएको थियो । भूइँमान्छेको पहिचान बनाएका राई स्थानीय परिभेषमा घुलमिल हुने र जनताको सुख दुःखमा साथसाथै रहने कार्यशैलीले उहाँ जनतामाझ स्थापित हुनुहुन्छ । सिधा र स्पष्ट कुरा राख्ने किराती राजनीतिमा पनि निकै काबिल हुनुहुन्छ । राजनीतिक यात्रामा पदीय जिम्मेवारीको इमान्दारिता, संसदीय यात्रामा जनताको जिम्मेवारीतालाई कुशलतापूर्वक भूमिका निर्वाह गर्नुभएका किराती जनजाति सांसदमा बेग्ले लवज र जनतासँग घुलमिल भएर जीवन्त अभ्यासले उहाँको राजनीतिक यात्रालाई ओझिलो बनायो ।रासस