लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाबमोजिम प्रदेशसभाको माघ ५ गतेको बैठकमा विश्वासको मत लिनुहुने सरकारका प्रवक्ता रहनुभएका मन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।रासस