१ माघ, काठमाडाैं ।
कम्बोडिायली प्रधानमन्त्री सामदेक टेको हुन सेन मालदिभ्सको भ्रमणमा जानुभएको छ । उहाँ आइतबार बिहान माललभ्सिका लागि प्रस्थान गर्नुभएको कम्बोडियाको राजधानी नोम्पेन्हबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
एकजना कम्बोडियाली अधिकारीले प्रधानमन्त्री हुन सेन मालदिभ्सको तीन दिने भ्रमणका लागि आइतबार बिहान मालदिभ्सको राजधानी माले प्रस्थान गर्नुभएको जानकारी दिनुभयो ।कम्बोडिया र मालदिभ्सका बीचमा सन् १९९५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कम्बोडियाका प्रधानमन्त्रीको यो पहिलो भ्रमण भएको प्रधानमन्त्री हुन सेनसँगको भ्रमणमा रहनुभएका कम्बोडियाली एकजना मन्त्री सिरी थामरोङले जानकारी दिनुभएको छ ।
नोम्पेन्हको अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले सो कुराको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री हुनसेनको यस भ्रमणका क्रममा मालदिभ्ससँग दुई पक्षीय सम्झौता पनि हुने बताउनुभएको थियो ।उहाँले भन्नुभएको थियो– प्रधानमन्त्री हुनसेनले मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग द्विपक्षीय वार्ता गर्नुहुने छ । साथै त्यस अवसरमा दुई देशका बीचमा केही सहमति र सम्झौता पनि हुने भएको छ ।
उहाँले दुई देशका बीचमा विभिन्न छ ओटा क्षेत्रमा सम्झौता पनि हुन लागेको जानकारी दिनुभयो । कूटनीतिक, पर्यटन, स्वास्थ्य र वातावरणका क्षेत्रमा कम्बोडिया र मालदिभ्सका बीचमा समझदारी हुन लागेको पनि उहाँले जानकारी दिनुभएको थियो । रासस