पूर्वी भारतको उडिशा राज्यमा एक धार्मिक पर्वको अवसरमा शनिबार भागदौड हुँदा एक जनाको मृत्यु हुनुको साथै अन्य २० भन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् । ओडिशाको राजधानी सहर भुवनेश्वरबाट २८ किलोमिटर उत्तरमा कटक जिल्लाको एउटा पुलमा भागदौड भएको हो । साँघुरो पुलमा भक्तहरू हिड्दै गर्दा भएको भागदौडमा एक ५५ वर्षीया महिला भक्तको मृत्यु भएको छ । यस घटनामा परी २० भन्दा बढी घाइते भएका एक अधिकारीले जानकारी दिएका छन् । मकर सङ्क्रान्तिको दिन आयोजित रमाइलो मेला हेर्न र स्थानीय मन्दिरमा पूजा गर्न दिउँसो महिला र बालबालिकासहित करिब २ लाख मानिसहरु भेला भएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।रासस