थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो । महोत्सवमा थारू सांस्कृतिक झाँकी, ररारयाली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल रयाली र विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । महोत्सवमा एक सय विविध कक्ष राखिएकोमा ८० वटा मात्रै ‘बुकिङ’ भएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिनुभयो । यस पटक थारू जातिले माघी पर्वमा खाने विशेष खानाका परिकार राखिँदैछ । ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, जाँडको झोल, दारू, केराको तरुवा, सक्खरखण्ड, खरिया सुँगुर÷बङ्गुरको मासु र परेवाको मासु परिकारका रूपमा रहने छन् । त्यसैगरी माछा, घोङ्घी, गङ्गटो, सिधरा, आलु सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या, अन्डिक, तेलपौर, झझ्रा रोटीलगायत परिकार पनि राखिने भएको छ ।रासस