नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच आज भेटघाट भएको छ । जापानी संसद्का सदस्य मासाकी जैरासँग आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष नेपालले भेटघाट गर्नुभएको हो । भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयलगायत जापान सरकारको सहयोगका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दल बीचका अन्तरसम्बन्धका बारेमा सो अवसरमा छलफल भएको थियो । भेटघाटका क्रममा आर्थिक लगानीका विषयमा जापानका प्राथमिकतासम्बन्धी सुझावको आदान प्रदान गरियो । जापानमा नेपाली श्रमिकको भूमिका, श्रमका क्षेत्रमा नेपालको योगदानका विषयमा जापानकोतर्फबाट सकारात्मक धारणा व्यक्त भएको जनाइएको छ । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले दुवै मुलुकको सम्बन्ध र हितकाबारेमा धरणा राख्दै नेपालको विकासका लागि जापानको भूमिकाको सराहना गर्नुभयो । साथै आगामी दिनमा एकापसमा मिलेर अगाडि बढने विषयमा उहाँले चर्चा गर्नुभयो ।रासस