श्रीलङ्का र थाइल्याण्डबीच जनवरी ९ र १० मा कोलम्बोमा दुई राष्ट्रबीच हुने स्वतन्त्र व्यापार सम्झौताको तेस्रो चरणको वार्ता हुन लागेको श्रीलङ्काका राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ। सो वार्तामा थाइल्याण्डका २६ प्रतिनिधिहरू छलफलमा भाग लिने बताइएको छ । छलफलमा वस्तुको व्यापार, सेवाको व्यापार, लगानी, उत्पत्ति नियम, भन्सार सहयोग, व्यापार सहजीकरण र आर्थिक सहयोगलगायतका विषयमा केन्द्रित रहने पीएमडीले जनाएको छ । पीएमडीका अनुसार सन् २०२१ मा श्रीलङ्काले थाइल्याण्डबाट ३५ करोड ५० लाख अमेरिकी डलरको सामान आयात गरेको थियो भने ५९ मिलियन डलरको सामान थाइल्याण्डमा निर्यात गरेको थियो। रासस