जापानको फुकुशिमा शहर विभिन्न प्रकारका फलफूलको उत्पादन केन्द्र बनेको छ । विशेष गरी वसन्त ऋतुको सुरुदेखि जाडो मौसममा यहाँ किसानहरूले यहाँ अङ्गुर, आरू र नासपातीजस्ता फलहरूलाई आधुनिक तथा नवीनतम प्रविधिको प्रयोग गरी ठूलो मात्रामा उत्पादन गर्ने गरेका छन् । उत्पादनले फुकुशिमा शहरमा आगन्तुकहरू र पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । फुकुशिमाका फलफूल उत्पादकहरू नयाँ प्रजातिका फलफूल खेती गर्ने रहर राख्छन् । “फुकुशिमाको फल कटनी गर्मीको सुरुमा चेरीबाट सुरु हुन्छ र गर्मीमा सबैभन्दा धेरै उत्पादन हुने फलफुलमा आरू, नासपाती, अङ्गूर र स्याउ हुन् । यहाँ फलहरू वर्षभरि उत्पादन गरिन्छ । त्यसैले जापानीहरूले फुकुशिमालाई फलफुलको केन्द्र भन्ने गरेका छन् । अङ्गूर किसान मित्सुनोरी नरवाकाअनुसार “ फुकुसिमामा विभिन्न प्रकारका रातो र कालो अङ्गुर उत्पादन भइरहेको छ । उहाँले यहाँ वर्षभरि नै अङ्गुर उत्पादन गरेर पठाउन सकिने सम्भावना रहेको बताउनुभयो । यसबाहेक, फुकुशिमामा विभिन्न प्रविधिको सहयोगमा उन्नत जातको नासपाती खेती गरिन्छ । भने आरू यहाँको प्रसिद्ध गुलियो आरू उत्पादन हुन्छ । नासपाती किसान काजुहिरो हिकिचीकाअनुसार फुकुसिमा नासपाती उत्पादन क्षेत्रको इतिहास लगभग १३० वर्षको छ । “जमिनमा पानी नभएकाले धानको पराल छोटो हुने भएकाले पुरानो समयमा मानिसहरूले पानीको व्यवस्था मिलाएर फलफूलमा केन्द्रित भएको पाइन्छ,” उहाँले भन्नुभयो ।

ओउची–जुकु’ परम्परागत जापानी घरहरू भएको गाउँ हो । ‘एडो’ कालदेखि नै यहाँ धेरै विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने खरको छानाले बनेका घरहरू छन् । ओउची–जुकुको विशेषता विभिन्न प्रकारका चाउचाउहरू (नेगी सोबा) हो । यहाँका रेष्टुरेन्ट र होटेलहरूमा हरियो प्याज र चाउचाउको स्वाद लिने आगन्तुकहरूको भीड नै लाग्ने गरेको हुन्छ । जाडोमा फुकुसिमा भारी हिमपातको साक्षी र सम्पूर्ण गाउँ एक शानदार परिदृश्यका रूपमा बदलिन्छ । जापानको पूर्वी भागमा रहेको फुकुसिमामा भूकम्प गएको ११ वर्षमा फुकुशिमा शहरको पुनरुत्थान भएको छ र पर्यटक र विदेशीहरूलाई आकर्षित गर्न थालेको छ ।