विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ”, उहाँले भन्नुभयो । मन्त्री राईले मुलुक धनी बनाउने जिम्मा सबैको भएकाले सरकारलाई सहयोग गर्न व्यवसायीलाई आग्रहसमेत गर्नुभयो । गरिब देशको अर्थतन्त्रलाई सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । आन्तरिक राजस्व कार्यालय न्यूरोडका प्रमुख शशि भट्टले व्यापार सङ्घले सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै आएको बताउनुभयो । उहाँले बजारमा चोरीपैठारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई कडाइ गरेको बताउनुभयो । कानुनी दायरामा रहेर व्यापार गर्न उहाँले व्यापारीलाई आग्रह गर्नुभयो । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मलहोत्रा अस्थिर सरकारका कारण नेपालको अर्थतन्त्रले गती लिन नसकेको बताउनुभयो । “बैंकबाट चर्को ब्याज लिएर व्यापार गर्नसक्ने अवस्था छैन, यसमा सरकारले विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । जबसम्म व्याजदर घट्दैन तबसम्म व्यापार गर्न नसक्ने उहाँको भनाइ छ । हस्तकला सङ्घ बागमती प्रदेशका अध्यक्ष होमनाथ उपाध्यायले भूकम्प, नाकाबन्दी र कोरोनाका कारण थला परेको नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नयाँ सरकारले नयाँ