दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको फाइनलमा नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) प्रवेश गरेका छन् । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा चियाबारी फुटबल क्लब इलामलाई हराउँदै नेर्पा र मानेभञ्ज्याङ स्पोर्टस क्लब ओखलढुङ्गालाई हराउँदै डिएफसी फाइनलमा पुगेका हुन् । नेर्पा इलामलाई दुईका विरुद्ध छ गोल गर्दै फाइनल पुगेको हो भने डिएफसीले ओखलढुङ्गालाई पेनाल्टी सुटआउटमा हराएको हो । सेमिफाइनमा सीमित इलाम र ओखलढुङ्गाले नगद रु २५–२५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । नेर्पाका तर्फबाट साइमन लिम्बूले दुई गोल, सुदीप श्रेष्ठले एक गोल, बिकी राईले दुई गोल र बिजु भुजेलले एक गोल गरेका थिए । इलामको तर्फबाट खेलको १४ र ३५औँ मिनेटमा सञ्जय रम्तेलले दुई गोल गरेका थिए । अर्को सेमिफाइनल खेलको निर्धारित समयमा डिएफसीका मनिष लिम्बूले खेलको १५औँ मिनेट र ओखलढुङ्गाका मनकृष्ण राईले १८औँ मिनेटमा एक–एक गोल गरेपछि अतिरिक्त समय थपिएको थियो । थपिएको अतिरिक्त समयमा दुवैतर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा पाँचका विरुद्ध छ गोल गर्दै डिएफसीले फाइनलको यात्रा तय गरेको आयोजकले जनाएको छ । गोल्डकपको तेस्रो संस्करणमा खोटाङसहित विभिन्न जिल्लाका १० टिम