महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको सो स्वास्थ्य संस्था २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालमा रुपान्तरण भए पनि जनशक्ति अभावका कारण १५ शय्यामा मात्रै सञ्चालन भयो । तत्कालीन समयमा डा गणेशदत्त भट्ट एक जना चिकित्सकले मात्रै जिल्ला अस्पताबाट सेवा प्रवाह गर्नुभएको थियो । जिल्ला अस्पताललाई स्तरोन्ती गर्दै विसं २०४३ मा ५० शैयाको अञ्चल अस्पताल ९रेफरल सेन्टर० को रुपमा परिणत भयो । स्थापनाकालदेखि नै जनशक्ति अभाव झेल्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिनुभयो । विसं २०४५ मा अस्पताल समिति विकास गठन भयो । २०६१ मा निजी स्रोतबाट सञ्चालन हुने गरी ५० शय्या थप गरी १०० शय्याको सञ्चालन गर्न स्वीकृति प्राप्त भयो । अस्पतालका लागि भौतिक पूर्वाधार निर्माण भए । तर अस्पतालले आवश्यक जनशक्तिको अभाव झेलिरह्यो । प्राथमीक स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पताल, अञ्चल अस्पताल हँुदै उप–प्रादेशिक अस्पतालसम्म स्तरोन्नति भयो । अस्पतालले स्थापनाकालदेखि नै दरबन्दी अनुसारका विशेषयज्ञ चिकित्सक कहिले नपाएको उहाँले बताउनुभयो । अठ्ठाइस विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा विशेषज्ञ चिकित्सक १५ जना मात्रै रहेका छन । विशेषज्ञ बाहेक जनरल फिजिसियन कार्यरत छन रहेपनि जनशक्ति अझै अपुग नै छ । हाल गाइनो विशेषज्ञ दुई जना एमडिजीपी, हाडजोर्नी रोग विशेषज्ञ, प्याथालोजिष्ट र एनएसथेसियालगायतका विशेषज्ञ मात्रै रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।