स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौैँ प्राङ्गारिक कृषि मेला–२०७९ आगामी फागुन २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ र मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ नारासहित महासङ्घले तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगको उत्पादनको प्रदर्शनी र व्यापार प्रर्वद्धन गरी मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी प्रदर्शनी सञ्चालन गर्ने महासङ्घले जनाएको छ । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्कमूलुक तथा चीनको सहभागिता रहने जनाइएको छ । प्रदर्शनीमा दुई सय कक्षको व्यवस्था हुने महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिनुभयो । नेपालको जैविक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीलाई समेत आकर्षित गर्न, जैविक उत्पादन उपभोग गर्न, उपभोक्तालाई जैविक उत्पादनका बारेमा सचेतना गराउन, सहजरुपमा जैविक उत्पादन उपलब्ध गराई बिक्री वितरणमा सहयोग पु¥याउने उद्देश्यका साथ अर्गानिक एशोसियशन सँगको सहकार्यमा कृषिका जैविक उत्पादनको छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिने भएको छ ।