प्रदेश नं १ का उत्कृष्ट सामुदायिक विद्याविद्यालय र आधारभूत विद्यालयलाई नगदसहित सम्मान गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट व्यवस्थापनमा सफल भएका १४ सामुदायिक माध्यमिक विद्यालयलाई प्रतिविद्यालय रु १४ लाख ५० हजार र १३ आधारभूत विद्यालयलाई प्रतिविद्यालय रु नौ लाख ७५ हजार र शिल्ड एवं प्रमाणपत्रसहित सम्मान गरिएको हो । यसरी सम्मानित हुने सामुदायिक विद्यालयहरूमा भानुजनमावि ताप्लेजुङ, फिदिम मावि फिदिम, भानुभक्त मावि मङ्गलबारे इलाम, धुलाबारी मावि मेचीनगर झापा, पोखरिया मावि विराटनगर, जनता मावि इटहरी, भानुमावि डाँडाबजार सागुरीगढी धनकुटा, वसन्त मावि वसन्तपुर तेह्रथुम, वीरेन्द्र मावि भोजपुर, मनकामना रत्न अम्बिका मावि खाँदबारी सङ्खुवासभा, केदार मावि सोलुखुम्बु, बरुणेश्वर मावि रामपुर ओखलढुङ्गा, जनजागृति मावि खोटाङ र जनता मावि उदयपुर रहेका छन् । यसैगरी सम्मानित हुने आधारभूत विद्यालयमा हिमालय विद्यालय ताप्लेजुङ, त्रिभुवन विद्यालय पाँचथर, भवानी विद्यालय पञ्चकन्या इलाम, गरमकाली विद्यालय झापा, रवि विद्यालय ग्रामथान मोरङ, जलदेवी विद्यालय सुनसरी, जनकल्याण विद्यालय धनकुटा, सरस्वती विद्यालय सुर्के तेह्रथुम, जनसेवा विद्यालय भोेजपुर, लक्ष्मी विद्यालय खाँदबारी सङ्खुवासभा, वासुकी विद्यालय सोलुखुम्बु, जाल्पा विद्यालय खोटाङ र जनप्रेमी विद्यालय उदयपुर रहेका छन् ।