अफगानिस्तानको कान्दाहार प्रान्तमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् । टोलो न्यूजले मङ्गलबार जनाएअनुसार स्पिन बोल्दाक जिल्लाका प्रेस अधिकृत मोलवी मुल्लाह मोहम्मद हकमलले घटनाको पुष्टि गर्दै स्पिन बोल्दाक–कन्दाहार सडकमा स्थानीय समय अनुसार साँझ ७ः३० बजे सो दुर्घटना भएको बताएका छन् । यद्यपि लापरवाह सवारी हकाइ र तीव्र गति सडक दुर्घटनाको प्रमुख कारण मानिन्छ। यसैगरी खराब डिजाइन गरिएका सडकहरू, सडक कटान, र ट्राफिक नियमको अवज्ञा आदि सडक दुर्घटनाका प्रमुख कारण हुन् ।