सोमबारदेखि सोमबार सुरु भएको नवनिर्वाचित मधेश प्रदेशसभा बैठकमा अधिकांश नेताहरुले सङ्घीयता कार्यान्वयनमा आशङ्का व्यक्त गरेका छन् । सयौँको बलिदान र हजारौँ जनताको आन्दोलनपछि सङ्घीयता ल्याएको भन्दै उनीहरुले यसविरुद्ध बोल्नेलाई एकताबद्ध भएर जवाफ दिनुपर्ने बताए । बैठकमा अधिवेशन सुरु हुने दिन दलगत प्रतिनिधित्वका आधारमा सांसदहरुले सम्बोधन गर्ने कार्यसूची थियो । जसअनुसार मुख्यमन्त्री, निवर्तमान सभामुखसहित १६ जना सांसदले सभालाई सम्बोधन गर्नुभएको थियो । उहाँहरुमध्ये अधिकांशले प्रदेशका आवश्यकता पूर्ति र विद्यमान समस्याको समाधान गर्न पार्टीभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने धारणा राख्नुभएको थियो । तर त्यसभन्दा पनि बढी समय सङ्घीयता कार्यान्वयनका सन्दर्भमा खर्चिनुभयो । संसदमा बोल्ने अधिकांश सांसदले आफूहरु सङ्घीयता कार्यान्वनमा अझै आश्वस्त नभएको बताउनुभयो । मुख्यमन्त्री लालबाबु राउतले विगत पाँच वर्षमा सङ्घीयता कार्यान्वयन गर्न सङ्घीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभयो । साथै मधेश प्रदेशकै कारण सङ्घीयता टिकेको समेत उहाँले दाबी गर्नुभयो ।
