नवलपरासी ९बर्दघाट–सुस्तापूर्वमा पछिल्ला वर्षहरुमा मानवीय कारणले सिमसार नासिदा पानीचरा हराउँदै गएका छन् । यहाँका सिमसार नासिएसँगै यहाँ पाइने चरामा भुँडीफोर ९गरुड०, किङफिसर, टुमटुमेलगायतका चरा लोपोन्मुख अवस्थामा पुगेका हुन् । जिल्लाको मध्यविन्दु–३ का हुमनाथ उपाध्यायले गाउँको सिमसार क्षेत्र नासिएपछि थुप्रै चरा देख्न छोडेको बताउनुभयो । “हाम्रो गाउँमा १० वर्ष अगाडिसम्म धेरै प्रजातिका चरा देखिन्थ्यो”, उहाँले भन्नुभयो, “पानीको मुहान नै थुनेर केही वर्ष अगाडि माछापोखरी निर्माण गरिएपछि यहाँका पानीचरा देखिनै छाडेका छन् ।” मध्यविन्दु–३ को बह्मस्थानमा पर्ने ‘बासिन चुवाँडी’ ९बाह्रै महिना पानीको मूल निस्कने ठाउँ०लाई माछापोखरीमा परिणत गरेपछि गाउँको सिमसार नै सुकेको उपाध्यायले बताउनुभयो । “पहिले पहिले हामीले यहाँको भासी ९दलदल जमिन०मा घाँस काट्दा टुमटुमे, किङफिसर, गरुड प्रजातिका धेरै चरा देख्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले यो भासी सुकेको छ, पहिले जमिन दलनल भएर हिँड्दासमेत कम्मरसम्म गड्ने जमिनमा अहिले मज्जाले दौडिन मिल्छ ।” बाह्रै महिना पानीको मूल निस्कने ठाउँलाई पोखरीमा परिणत गरेपछि गाउँको दलदल जमिन सुकेको उपाध्यायको भनाइ छ । दलदल जमिन सुक्दै गएपछि यहाँ देखिने गरेका पानीचरा पनि हराउन थालेका उहाँले बताउनुभयो ।