कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँका रामदल रानाको साँढे चार बिघा जमिन दोदा नदीले कटान ग¥यो । उक्त नदीले जमिन बगरमा परिणत गरेपछि केही समय समस्यामा परेका उहाँ अहिले सोही बगरमा बेसार, सुनकागती र अदुवा खेती गरेर मसला उत्पादनमा जुटनुभएको छ । “नदीको बगर जोगाउँदै ‘बगर टू बगैँचा’ भन्ने सोचअनरुप गाउँका किसान मिलेर बेसार उद्योग सञ्चालनमा ल्याएका छाँैं ।” उहाँ भन्नुहुन्छ,“नदीको कटान जोगाउन जैविक तटवन्ध बनाइए पनि अझै पक्की तटबन्ध बनाउन कुनै निकायबाट पहल भएको छैन् ।”वर्षामा बाढीको त्रासदी हुने गरेको खल्लाजाईमा डुबान तथा कटानको प्रमुख समस्या रहेको रानाको भनाइ छ ।“अहिले अढाई बिघा जमिन बाँकी छ ।” उहाँ भन्नुहुन्छ, “गाउँका ३५ राना समुदायका किसान गाउँमै बेसार उत्पादन गरेर बिक्री वितरणमा जुटेका छौँ ।” अहिले खल्लाजाई क्षेत्रको दोदा नदीमा पर्ने करिब दुई किलोमिटर क्षेत्रफलको बगरमा व्यक्तिगत र सामूहिक बेसार खेती गरिएको छ ।“ गाउँमै बेसार उत्पादन गरी किनबेच सुरु गरेपछि रु ६० हजार बचत भएकोछ ।” स्थानीय अमन राना भन्नुहुन्छ,“बेसारसँगै कतिपयले बगरमा उखुखेतीसमेत गरेका छन् ।” दोदा किसान समूह सञ्चालन गरेका उक्त समुदायका किसानले बगर संरक्षणका साथै आम्दानीको स्रोत पनि बनेकाले बेसारखेती गरिरहेको बताएका हुन् ।“सुरुमा यहाँ दोदाबाट जोगिन गाउँमा सामुदायिक विपत् व्यवस्थापन समिति बनायौंँ ।” उहाँ भन्नुहुन्छ,“पछि बगर संरक्षण र आयमूलक काममा पनि अग्रसर हुँदै आयौंँ ।”