सन् २०२० को डिसेम्बरमा ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र रचेको’ अभियोगमा जेल परेका इरानी विद्रोही पत्रकार किभान सामिमी रिहा भएको यहाँको दैनिक पत्रिका, शार्गले आइतबार जनाएको छ । त्रिहत्तर वर्षीय समिमीलाई सन् २०२० को डिसेम्बरमा तीन वर्षको जेल सजाय सुनाइएको थियो र उहाँलाई तेहरानबाट करिब २०० किलोमिटर पूर्वमा पर्ने सेमनानमा राखिएको थियो । शार्गले आफ्नो रिहाईको जानकारी प्राप्त भएको बताए पनि मिति भने आफुलाई जानकारी नगराइएको बताउनुभएको छ । समिमीलाई सन् २०२२ को फेब्रुअरीमा कोभिडजन्य महामारीका कारण स्वास्थ्य समस्या देखाउँदै जेलबाट रिहा गर्न अनुमति दिइएको थियोे । मेहर समाचार एजेन्सीका अनुसार राष्ट्रिय सुरक्षाविरुद्ध गतिविधि गरेको आशङ्कामा उहाँ मे महिनामा जेल फर्किनुभएको थियो । गत डिसेम्बरमा उहाँले १६ सेप्टेम्बरमा महसा अमिनीको मृत्युपछि भएको विरोध आन्दोलनलाई समर्थन गर्दै जेलबाट सन्देश जारी गर्नुभएको थियो । इरानी कुर्द समुदायकी २२ वर्षीय महिला अमिनीले देशको इस्लाम पैरनसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि उहाँ जेलमा रहँदा विरामी पर्नुभएको र उपचारका क्रममा मृत्यु भएको थियो । समीमीले सन् १९७९ को इस्लामिक क्रान्तिअघि र पछि पनि जेल सजाय भोग्नुभएको थियो ।
