स्थानीय बराहाताल गाउँपालिका–५ दिलबहादुर सुनार २० वर्ष नलाग्दै । पढ्नुपर्ने युवावस्थामा काम गर्नुपर्ने बाध्यताले सतायो । परिवारको आर्थिक अवस्था नाजुक भएका कारण दिलबहादुरले ८ कक्षा पढ्दापढ्दै पढाइ छोड्नुप¥यो । परिवारले खेती किसानी गर्दै आए पनि पर्याप्त जग्गा नहुँदा अरुको जग्गा अधिया गरेर खानुपर्ने बाध्यता थियो । बुबाले छ महिनासम्म भारतको कालापहाड गएर कमाएको रकमले शिक्षादीक्षाको त कुरै छोडौँ खाना लाउनसमेत परिवारलाई धौ धौ हुन्थ्यो । आर्थिक अवस्था नाजुक भएकै कारण दिलबहादुरले आफ्नो पढाइ बीचमै छोड्नुपरे पनि भाइबहिनीको पढाइ नरोकियोस् भन्ने उद्देश्यले आफँै कमाइ गरेर योजना योजना बनाउनुभयो तर न पढाइ छ नत कुनै ज्ञानको अभावमा कतै पनि काम गर्ने अवसर भने मिलेन । अन्ततः उही कालापहाड गएर कमाउने उद्देश्यले उहाँ भारतको सिम्लातर्फ जानुभयो । त्यहाँ गएर अनेक दुःख पाएर छ महिनापछि फर्किनुभएका दिलबहादुरको घरको अवस्था उस्तै दयनीय थियो । आफूसँगैका साथीहरु कापीकिताब बोकेर विद्यालय गइरहेका हुन्थे तर उहाँलाई पढ्ने इच्छा भए पनि घरको जिम्मेवारी काँधमा आइसकेकले जीवनदेखि हार खाइसक्नुभएको थियो । एकदिन गाउँमा उद्यमशीलतासम्बन्धी तालिम सञ्चालन हुँदैछ भन्ने सुनेर दिलबहादुरले आवेदन दिनुभएकामा वडा कार्यालयले पनि उहाँको नाम सिफारिस गरेर पठाएछ । गाउँपालिकासँगको समन्वय र सेभ द चिल्ड्रेनले साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले सञ्चालन गरेको पावर परियोजनामार्फत १८ वर्षदेखि २४ वर्षसम्मका युवालाई उद्यमशिल बनाउने तालिम सञ्चालन गरेको थियो ।