मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेलसुखले देशको पुरानो राजधानी खार्खोरिनको पुनर्निर्माण गर्न आदेश जारी गर्नुभएको छ । नागरिकलाई स्वस्थ र सुरक्षित वातावरणमा बाँच्ने परिस्थिति निर्माण गर्ने, आधारभूत सामाजिक सेवामा पहुँच बढाउने, अव्यवस्थित सहरीकरणलाई घटाउने, सन्तुलित क्षेत्रीय विकास सुनिश्चित गर्ने र ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनःस्थापना गर्ने उद्देश्यका साथ राष्ट्रपतीय आदेश जारी भएको हो । राजधानी उलानबाटोरबाट तीन सय किलोमिटर पश्चिममा खार्खोरिन अवस्थित छ । देशका ३४ लाख जनताका आधाभन्दा बढीका घर उलानबाटोरको सवारी चाप, वायु प्रदूषण र आवासी समस्या सामना गरिरहेकाले पुरानो राजधानी पुनर्निर्माणको आदेश जारी गरिएको हो ।