७९ पौष १३ काठमाडौ ।
लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू–भागमा सुक्खापन बढेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो । पानी नपरेकै कारण प्रदूषण समेत बढ्दै गएको बताइएको छ । केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन । उता पानी नपर्दा बढेको सुक्खापनले कृषि क्षेत्रमा पनि असर पर्न थालेको बताइएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार सामान्यतया मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुस १३ सम्म पानी पर्न सकेको छैन । उहाँका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन । नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुने भएपनि अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य परिरहे पनि त्यो शक्तिशाली नहुँदा पानी पर्न नसकेको मौसमविद् कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यही प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात् भइरहेको छ । पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बदली र तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने गरेको छ । तर, पानी पार्ने गरी सक्रिय नहुँदा वर्षा हुन सकेको छैन ।”
मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया काठमाडौ डिसेम्बर महिनामा १३ दशमलव २ मिलिमिटर पानी पर्नुपर्छ । तर, यो वर्ष आज डिसेम्बर २८ सम्म पनि पानी पर्न सकेको छैन । पानी नपर्दा काठमाडौ सहित सबैजसो ठाउँमा सुक्खापन बढेको छ । उता वर्षा नभई प्रदूषणसँगै सुक्खापन समेत बढेकाले आगलागीका घटना पनि बढ्न थालेका छन् । आज हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । उता लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ भने अरु ठाउँको मौसम भने सामान्यता सफा नै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उता सिन्धुली जिल्ला कमलामाई ४ सातपत्रेका कृषक सुर्य बहादुर थापा यसपाली समयमै पानी नपर्दा आफुले रोपेको तोरी, फापर, साग, आलु, मुला गत बर्षको भन्दा कम उत्पादन हुनेमा चिन्तित रहेका छन । गत बर्ष वहाँले तोरी मात्रै पचास मुरी उत्पादन गरेको बताउनुहुन्छ। यो बर्ष पानी नपरेको कारण आधा भन्दा कम उत्पादन हुनेछ भन्नुहुन्छ । सिन्धुली कमलामाई ४ सातपत्रेका कृषक सुर्य बहादुर थापा उमेरले ८० कटेपनि सातपत्रेमा धान, मकै, कोदो, तोरी , मुला, फापर, केरा, मरिच, भुईकटहर, लिची, रुखकटहर अम्बा, आप, रोपेर नमुना देखाएका छन । सातपत्रेमा सुर्य बहादुर थापा जानुभन्दा पहिले भिरालो पाखो बारीलाई धान खेत कसरी बनाउने ? भन्ने बारे त्यहाँका स्थानीय लाई ज्ञान्नै रहेनछ । जब सुर्य बहादुरले भिरालो पाखो बारीलाई कटान गरेर धान फल्ने खेत बानाएर धान रोप्न सुरु गरे तब त्यहाँका पुरै स्थानीयले थापाको सिपको अनुसरण गर्दै भिरालो पाखो बारीलाई कटान गरेर धान फल्ने खेतको गरा बनाएर धान रोप्ने चलन सुरु गरेछ्न। त्यो सातपत्रे गाउँमा कृषक सुर्य बहादुर थापा गएपछि वहाँकै पहलमा शिचाईको लागि तत्कालीन सिन्धुली जिल्ला सिद्देस्वर पन्चायत सग समन्वय गरे पानी ल्याउने कुलो बनाएको सातपत्रेका एक बृद्ध किसान बताउनुहुन्छ ।
सुर्य बहादुर थापा/दुर्गा देवी थापा।