संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्ट सिकिस्त हुनुभएको छ । पञ्चानब्बे वर्षीय उहाँको स्वास्थ्यस्थिति निरन्तर बिग्रदै गएको पोप फ्रान्सिसले बताउनुभएको छ । आफूसँग आशीर्वाद लिन आएका श्रद्धालुलाई भ्याटिकनमा आज पोप फ्रान्सिले पादरी बेनेडिक्टका निम्ति प्रार्थना गर्न आग्रह गर्नुभयो । आफूले उहाँको स्वास्थ्य लाभको कामना गर्दै परमेश्वरसँग प्रार्थना गरिरहेको पनि बताउनुभयो । सन् २०१३ मा उहाँले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा गर्नुभएको थियो । छ सय वर्षपछि पदबाट त्यसरी राजीनामा गर्ने उहाँ पहिलो प्रमुख पादरी हुनुहुन्छ । औपचारिकरूपमा परमेश्वरको सेवाबाट अलग्गिएपछि उहाँ सार्वजनिकस्थलमा देखिनुभएको छैन । गत वैशाखमा पूर्वप्रमुख पादरी बेनेडिक्ट शारीरिक रूपमा अस्वस्थ रहेपनि मानसिक रूपमा सबल रहेको उहाँका सहयोगी आर्कविशप जर्ज गेन्स्वेनले बताउनुभएको थियो ।