नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य सकिएसँगै उहाँ दलको नेता चयन हुनुभएको हो । सर्वसम्मतरूपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा उहाँले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई पराजित गर्नुभएको हो । लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो । बानियाँ यसअघिको सरकारमा पनि दलको नेता हुनुहुन्थ्यो । मतदानमा ३७ जना प्रदेशसभा सदस्यले भाग लिनुभएको थियो ।