दाङमा सञ्चालन भएका ज्येष्ठ नागरिक दिवा सेवा केन्द ज्येष्ठ नागरिको मन भुलााउने चौतारी बनेका छन् । घोराही–१४ का ८१ वर्षका खिमप्रसाद खनाल दैनिक सो केन्द्रमा आउनुहुन्छ । त्यहाँ आफ्नै उमेरका साथी र आफन्तसँग भलाकुसारी, सुखदःुख बाँड्न, भजनकीर्तन गर्न, नाच्न गाउन, कथाव्यथा सुन्न, सुनाउन उहाँलाई आनन्द लाग्ने गरेको बताउनुहुन्छ । रामायण महाभारतका श्लोेक सुन्दा मनमा आन्नद आउँछ । घरमा बस्दा पट्यार लाग्ने र समय बिताउन गाह्रो भएको थियो । “केन्द्रमा आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ”, उहाँँले भन्नुभयो । घोराही– १७ की सुशीला अधिकारी उमेरले ८३ वसन्त पार गर्नुभयो । उहाँको आजभोलि दिनचर्या फेरिएको छ । घोराही –१५को उत्साहटोलमा रहेको सो केन्द्रमा नगइ उहाँको मन मान्दैन । यहाँ पुगेपछि दःुख पीडा भुल्ने गरेको उहाँँ बताउनुहुन्छ । आफ्ना कुरा सुनाउने साथीका कुरा सुन्ने नाचगान भजनकीर्तन गरेर दिन बिताउन सजिलो भएको छ । “आफूसँगैका साथीसँग भेट हुन्छ । धेरै वर्षदेखि भेट्न नपाएका साथी र आफन्तीसँग भेट हुन पाँउदा पहिलेको समयको याद आउछ”, उहाँले भन्नुभयो । घोराही १५ का ७६ वर्षीय नारायणकुमार शर्मालाई एकदिन पनि केन्द्र छुट्टाउन मन लाग्दैन । “केन्द्रमा पुराना साथी भेट हुन्छन्, आफ्ना दुःखसुख साट्न पाइन्छ, मलाइ त घरमा बस्न मन लाग्दैन”,उहाँँले भन्नुभयो । सेवाकेन्द्र आउन थालेपछि ऊर्जा थपिएको छ । शरीर हलुङगो भएको उहाँले सुनाउनुभयो । “आफूजस्तै साथी भेटिएपछि मन भुल्दो रहेछ, नाचगान गर्दा झनै मज्जा आउँछ”, उहाँको भनाइ छ ।