Skip to content
सन्दर्भ दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस: एक्लिएका छन् ज्येष्ठ नागरिक
जवानी अनेकन घर, परिवार, इष्टमित्र हाँसीखुसी जीवन बिताएका नागरिकहरु जीवनको उत्ताद्र्धमा एक्लो महसुस गर्दै आएका छन् । “मेरो तीन छोरा, दुई छोरी, मलाई असाध्यै माया गर्ने श्रीमती थिइन्”, दोलखा घर भई हाल काठमाडौँको कोटेश्वरमा बस्ने ७५ वर्षीय रामबहादुर बुढाथोकीले भन्नुभयो, “श्रीमती बितेको चार वर्ष भयो, छोरा कोही विदेशमा छन्, केही जागिरे छन्, छोरी आफ्नो घरघरमा छन्, म एक्लै छु ।” उमेर बढ्दै, शक्ति घट्दै गए पनि आफन्त पनि विस्तारै टाढिने गरेको उहाँको भोगाइ छ । “मैले पाँच वटा बच्चा कसरी हुर्काएँ, बढाएँ, पढाएँ होला”, उहाँले विगत सम्झँदै भन्नुभयो, “मेरो कारणले छोराबुहारीको सधँै झगडा हुने भएपछि मैले घर छोडे र अहिले एक्लै बस्छु ।” उहाँले वृद्धाभत्ताले कोठा भाडा तिर्ने र खाने गर्दै आउनुभएको छ । केही नपुगेका अवस्थामा सरसामान किनिदिने छोराछोरीले पनि गर्छन् । तर एक्लै बस्नुपर्दा उहाँलाई बेचैन लाग्छ । जीवन केही रहेन छ जस्तो लाग्छ । ऊर्जामय जीवन सकिँदै गएर आफूले पनि काम गर्न नसक्ने र परिवारको पनि बेवास्ताको पात्र बन्नुपर्ने अवस्था रामबहादुरको मात्रै होइन । सिन्धुपाल्चोककी ६८ वर्षीय धनकुमारी थापाले एक्लै जीवन बिताउन थालेको पनि १० वर्ष भयो । सिन्धुपाल्चोकमा पहिरोमा परेर घरबार बिहिन भएर काठमाडौँको चाबहिलमा बस्दै आउनुभएकी उहाँले गाडामा तरकारी व्यापार गर्नुहुन्छ ।
Like this:
Like Loading...
Page load link