गाउँघरमा कुटानीपिसानीको लागि सहज मानिने पानीघट्ट चलाउने प्रचलन हराउन थालेको छ । विभिन्न विद्युतीय सामग्री आउन थालेपछि यस्ता खालका पराम्परागत रुपमा प्रचलनमा रहेका पानीघट्ट हराउदै गएको हो । ओरालोमा पानीलाई झारेर पङ्खालाई घुमाएर ढुङ्गाको जातोको साहराले मकै, गहँु, कोदो, फापर लगाएतका अन्नबालीलाई पिस्ने गरिन्छ । यसबाट स्थानीयले सहज र सरलरुपमा अन्नबाली पिस्दै आएका थिए । दशकअघिसम्म स्थानीयले एउटा गाउँमा एक पानीघट्ट लगाउने चलन रहे पनि पछिल्लो समयमा यो चलन हराएको टेम्केमैयुङ गाउँपालिकाका ९५ वर्षीय वृद्ध तिलकबहादुर विष्टले बताउनुभयो । “विगतमा हामी गाउँ–गाउँमा पानीघट्ट लगाथ्याँै”, उहाँले भन्नुभयो, “तर अहिले पानीघट्ट पाउन नै मुस्किल छ । टोलभरिका मानिस कुटानीपिसानी गर्न पानीघट्ट आउने गर्दथे । आधुनिकतासँगै यो चलन गराउँदै गयो ।अहिले गाउँघरमा यस्तो पुरानो चलन लोप हँुदै गएको छ ।” अहिले पनि गाउँघरका कुनै÷कुनै ठाउँमा पानीघट्ट भेट्न सकिन्छ तर हिउँद महिनामा खोलाको पानी सुक्ने भएकोले बन्द गर्नुपर्ने अवस्था रहेको टेम्केमैयुङ–५ मझौलेमा पानीघट्ट सञ्चालन गर्दै आउनुभएका हरिबहादुर लम्साल(सार्की)ले बताउनुभयो ।