प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं १ का नव निर्वाचित प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्दमण्डल गनगाईंलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुली नेपाली कांग्रेसका नव निर्वाचित प्रदेशसभा सदस्य अमृत अर्यालले ज्येष्ठ सदस्य गनगाईंलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।