अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा भएको विष्फोटमा प्रान्तीय प्रहरी प्रमुखको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् । विष्फोट गराएको अभियोगमा चार जनालाई पक्राउ गरिएको गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरले बताएका छन् । अफगान जनताका शत्रुले गराएको आक्रमणमा प्रान्तीय प्रहरी प्रमुख मौलावी अब्दुल हक अबुमारको ज्यान गएको उनले जनाएका छन् । आइतबार साँझ पनि काबुलको प्रहरी चौकीमा विष्फोट भएको थियो । उक्त विष्फोटमा कुनै मानवीय क्षति भएको थिएन ।