७९ पौष १० काठमाडौ ।
एउटै मौसममा धेरै खाद्यान्न उत्पादन गर्न सिन्धुली कमलामाई सातपत्रे ४ का किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ यहाँका किसान आकर्षित भएका हुन् । कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने खेतीको उत्पादन र क्षेत्रफल घट्दै गएको छ । कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार यस वर्ष गहुँखेती अरु बर्ष भन्दा कम हेक्टर जमिनमा गहुखेती गरिएको छ । गत बर्ष सिन्धुलीमा उत्पादन भएको गहु भन्दा यस बर्ष गहु कम
उत्पादन हुने आकलन गरिएको छ ।
सिन्धुलीमा कृषि योग्य जग्गामा आजभोलि घर बनाउने, जग्गा प्लटिङ्ग गर्ने खण्डिकरण गर्ने प्रचलन समेत बढेको छ। आज भन्दा १० बर्ष पहिले सिन्धुली फाटमा घान, मकै, गहु, तोरी, रोप्ने जग्गा प्रसस्त थियो अहिले सिन्धुली माढीको पुरै फाट कङक्रीटका घरले भरिएको छ भन्नू हुन्छ किसान सुर्य बहादुर थापा।
उत्पादक छोटो समयमा उत्पादन लिने बालीतर्फ कृषक आकर्षित हुँदा धान मकै कोदो गहुँखेती गर्ने क्षेत्रफल घट्दै गएको छ । धान काटेसँगै गहुँ लगाउने कृषकले चैतसम्म एउटै बालीका लागि कुर्नुपर्ने भएकाले यस खेतीतर्फको आकर्षण घटेको सिन्धुली कार्यालयका सूचना अधिकारी बताउनुहुन्छ तर सिन्धुलीमा कति खाद्यान्न उत्पादन हुन्छ ? भनेर सोध्दा बताउन अकमकाउनुहुन्छ ।
उहाँका अनुसार गहुँखेती हुने ठाउँमा अहिले कृषकले तोरी, तरकारीलगायतका छिटोभन्दा छिटो पाक्ने खेती गर्न थालेका छन् । तोरी लगाउँदा चाँडो पाक्ने र राम्रो नाफा हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको उहाँले बताउनुभयो । गहुँ लगाउँदा तरकारी र मकैका लागि समय ढिला हुने भएकाले कृषकले अन्य छिटो पाक्ने बाली रोज्न थालेका हुन् ।
विगत तीन वर्षको तथ्याङ्कलाई हेर्दा गहुँखेतीमा भन्दा तोरीखेतीमा सिन्धुलीका कृषकको आकर्षण बढ्दै गएको छ । यो साल सिन्धुली को धेरै क्षेत्रफलमा तोरीखेती गरिएको छ ।
तेलको माग बढ्नु र तोरीको मूल्यमा भएको वृद्धिले समेत यसतर्फ कृषकहरू आकर्षित भएको सिन्धुलीका कृषक सुर्य बहादुर थापा बताउनुहुन्छ । यस वर्ष तोरीका लागि राम्रो मौसम हुने अनुमान गरिएको थियो तर सिन्धुलीका किसान आकासे पानीको भरमा खेती किसान गर्न बाध्य भएकाले र समयमै पानी नपरिदिदा तोरी उत्पादन घटने अनुमान गरिएको छ । सिन्धुलीमा उचित सिचाईको ब्यबस्था नरहेको कृषक सुर्य बहादुर बताउनुहुन्छ ।
सुर्य बहादुर थापाले रोपेको मरिच ।
सुर्य बहादुर थापाको तोरी खेती
सुर्य बहादुर थापाले सुख्खा जमिनमा यसरी गरेका छन तोरी खेती।
सुर्य बहादुर थापाले रोपेको मरिच को बोट यसरी फस्टाएको छ।