७९ पौष १० काठमाडौ ।
पाकिस्तानको राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) को लाहोरस्थित एक अदालतले सुलेमान शहबाजलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जनवरी ७ सम्मका लागि अन्तरिम जमानत उहाँलाई सम्पत्ती शुद्धिकरण मुद्दाको अनुसन्धानमा सामेल गर्न निर्देशन दिएको छ । उहाँलाई सम्पत्ती शुद्धिकरण मुद्दाको अनुसन्धानमा सामेल गर्न निर्देशन दिइएको हो । अदालतले उहाँलाई अनुसन्धानमा संलग्न हुन पनि आदेश दिएको छ । शहबाजले एफआईए र अनुसन्धान अधिकारीहरूलाई पक्षकारको रूपमा उल्लेख गर्दै अदालतमा जमानत याचिका दायर गर्नुभएको थियो । सुलेमानले निवेदनमा भन्नुभएको थियो, “अदालतले उहाँलाई फरार घोषित गर्नु अघि कानुनी प्रक्रियाहरू पूरा गर्नु आवश्यक छ ।” सुलेमानले आफुलाई एफआईएले आधारहीन रूपमा सम्पत्ती शुद्धिकरण मामलामा नाम लिएको, आफुलाई अदालती सुनवाईको कुनै पनि सूचना प्राप्त नगराइएको र जानकारी बिना फरार घोषित गरिएको दावी गर्दै निवेदन दिनुभएको थियो । सुनुवाइका क्रममा न्यायाधीशले सुलेमानको कम्प्युटरमा रेकर्ड रहेको राष्ट्रिय परिचय पत्र (सीएनआईसी) को माग गर्नुभएको छ । यसको जवाफमा उहाँले आफूसँग अहिले उक्त प्रकृतिको राष्ट्रिय परिचय पत्र नभएको बताउनु भएको थियो । यद्यपि, उहाँले अदालतले मागेका कागजातलाई अर्को सुनुवाइमा ल्याउने सुनिश्चित गर्नुभएको द न्यूज इन्टरनेसनलले रिपोर्ट गरेको छ । अदालतले पछि उहाँलाई जनवरी ७ सम्मका लागि अन्तरिम जमानत दिएको हो । प्रधानमन्त्रीका छोराले गत महिना आफ्नो आत्मनिर्वासन अन्त्य गर्दै आफूविरुद्धको मुद्दाको सामना गर्ने घोषणा गर्नुभएको थियो । सन् २०१९ को अक्टोबरमा जवाफदेही अदालतले सुलेमानलाई भगोडा अपराधी घोषणा गरेको थियो । राष्ट्रिय जवाफदेही ब्युरो (एनएबी) का अभियोजकले अदालतलाई सम्पत्ति शुद्धीकरण र आयको ज्ञात स्रोतभन्दा बढी सम्पत्ति राख्ने सम्बन्धमा अनुसन्धानका क्रममा पटक–पटक बोलाइए पनि उहाँ भ्रष्टाचारविरोधी निकायमा उपस्थित हुन नसकेको बताएपछि यो आदेश आएको हो ।