महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) महिला अधिकार र लैङ्गिक हिंसा अन्त्य गर्ने सवालमा कोसेढुङ्गा साबित भएको यस क्षेत्रका जानकारहरूको भनाइ छ । ‘साथी’ संस्थाका तर्फबाट ‘सिड’ समितिको स्थापना भएको ४० वर्ष पूरा भएको र साथीको ३० वर्षको यात्राको स्मरण गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँहरुले यस महासन्धिले विश्वमै महिला हिंसा कम गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले महिला र पुरुष समान हुँदाहुँदै पनि महिलामा हुने विविधता र शारीरिक भूमिका पनि फरक हुन्छ भन्ने सत्यलाई स्वीकार गरी सिडले विशेष व्यवस्था गरेको बताउनुभयो । उहाँले सिडलाई कार्यान्वयन गर्न र सो अनुसारको न्याय दिलाउन नेपालले महत्वपूर्ण काम गरेको अवगत गराउँदै महिला अधिकारका क्षेत्रमा नेपालले महत्वपूर्ण उपलब्धिसमेत हासिल गरेको बताउनुभयो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले नेपालले सीमित साधन स्रोतका बाबजुद सिडअनुसार गरेका प्रतिबद्धता र कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै परिवर्तित विश्वको सन्दर्भमा सिडमा पनि थप व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सिडका विज्ञ सदस्य बन्दना राणाले सिडले गरेका व्यवस्थाअनुसार पक्ष राष्ट्रहरुले निर्माण गरेका आवश्यक कानुनले लैङ्गिक हिंसा अन्त्य गर्न महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै आगामी दिनमा थप कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले यस महासन्धिले महिला अधिकारका साथै शिक्षा र स्वास्थ्यमा पहँुचका लागि महत्वपूर्ण व्यवस्था गरेको