इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी बिहीबार साँझ इराक जाँदैछिन् । नेटो सदस्य इटालीले इराक र कुवेतमा ६५० सेना तैनाथ गरेको रक्षा मन्त्रालयको वेबसाइटमा जनाइएको छ। अपरेशन प्रिमा पार्थिका अन्तर्गत, इटालीले कुवेत, बगदाद र अर्बिलमा बहुराष्ट्रिय कमाण्डहरूका लागि कर्मचारीहरू उपलब्ध गराउँने उद्देश्यले सो नैतनाथी गरिएको बताइएको छ । सशस्त्र बल र प्रहरीहरूलाई तालिम र प्रशासनिक सेवा प्रदान गर्न त्यो कदम प्रभावकारी बएको बताइएको छ । इटालीको अति दक्षिणपन्थी ब्रदर्स पार्टीका नेता मेलोनीद्वारा अक्टोबरमा दक्षिणपन्थी गठबन्धनको नेतृत्वमा पदभार ग्रहण गरिएको हो ।