लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षहरुमा १२ मुरी धान उत्पादन भएकोमा यस वर्ष भित्र्याउने बेला परेको पानी क्षति पु¥याउँदा सात मुरी मात्रै स्यारेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसपालि धान निकै राम्रो भएको थियो, पोहोर परार सालको भन्दा धेरै नै उत्पादन हुने आश थियो तर पाकेको धान स्यार्ने बेला एक्कासि एक साता पानी पर्दा धेरै नोक्सान भयो, धान सबै खेतभरी भएको थियो, न उठाउन मिल्ने न टिप्न, हामी किसानलाई वर्षाले रुवाउनु रुवायो ।” अहिलेको भन्दा अघिल्ला सालहरुमा झण्डै दोब्बरले धान उत्पादन हुँदासमेत आयातित खाद्यान्न किनेर उपभोग गरेको सुनाउनुभयो । “पहिला–पहिला अहिलेको भन्दा धेरै धान फल्थ्यो र त दोकाने चामल किनेर खानु पथ्र्यो, अहिले त झन, निकै कम उत्पादन भएको छ, बाहिरबाट आएकै चामलले वर्ष गुजार्नुपर्ने भयो”, उहाँले भन्नुभयो ।