तनहुँको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ । नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको छ । आप्रवासन अवसर र चुनौती दुवै रहेकाले नीतिद्वारा आप्रवासनको सुरक्षा गर्ने उद्देश्यले शाखा स्थापना गरी सहयोग पु¥याउन लागिएको हो । वैदेशिक रोजगारीमा जाने नेपालका जिल्लामध्ये १८औँ नम्बरमा तनहुँ पर्दछ । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा व्यासमा श्रम र रोजगारसम्बन्धी शाखा स्थापना गरिने जानकारी दिनुभयो । आगामी नगरसभाबाट पारित गरी कार्यान्वयनमा ल्याउने गरी तयारी भएको उहाँले बताउनुभयो । “अब हुने नगरसभाबाट पारित गरी व्यास नगरपालिकामा श्रम तथा रोजगार शाखा स्थापना गरिनेछ । वैदेशिक रोजगारसम्बन्धी जोडिएका श्रम र रोजगारसँग सम्बन्धित रिटर्नीको समस्या, उनीलाई स्वरोजगारसँग जोडी आत्मनिर्भर र उद्यमशील बनाउने काम सोही शाखाले गर्नेछ”, उहाँले भन्नुभयो । युवालाई उद्यमशील बनाउन यस आर्थिक वर्षमा नगरपालिकाले रु ५० लाख विनियोजन गरेको उहाँले बताउनुभयो । सामी कार्यक्रम प्रभावकारी र उपयोगी भएको जनाउँदै उहाँले यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।