प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेहबहादुर देउवाले पार्टीका नेता स्व कमल चित्रकारप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेपाल तरुण दलका पूर्वमहासचिव एवं काठमाडौँ नगरपञ्चायतका पूर्व प्रधानपञ्च चित्रकारको सोमबार निधन भएको थियो । स्व चित्रकारको शव श्रद्धाञ्जलिका लागि आज गौशालास्थित पशुपति आर्यघाटमा राखिएको थियो । प्रधानमन्त्री देउवाले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै लोकतन्त्र स्थापनाको आन्दोलनमा स्व चित्रकारले पु¥याउनुभएको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्नुभयो । स्व चित्रकारप्रति कांग्रेस नेता प्रकाशमान सिंह, अर्जजनरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाँण, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित चित्रकारको वीरअस्पतालमा उपचारको क्रममा सोमबार बिहान ६ः३० बजे निधन भएको थियोे । स्व चित्रकारको श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । राजनीतिमा विद्यार्थीकालदेखि सक्रिय चित्रकारले राजनीतिक जीवनमा चार वर्ष जेल जीवन बिताउनुभएको थियो । विसं २०३८ मा सुधारिएको पञ्चायतले गरेको पहिलो चुनावमा काठमाडौँ महानगरको प्रधानपञ्च बन्नुभएका चित्रकारले प्रधानपञ्च भएका बेला रत्नपार्क भोटाहिटी जोड्ने ‘सव वे’ निर्माण गर्नुभएको थियो । काठमाडौँका रैथाने चित्रकारलाई भोटाहिटी चौबाटोमा हुने भीडभाडको अवस्थाका कारण जनताले भोग्नु परेको दुःख थाहा थियो । त्यसैले आफू निर्वाचित भएपछि बटुवाका लागि सहज हुने गरी सबैभन्दा पहिला रत्नपार्कबाट भोटाहिटी जान आकाशे पुल बनाएर काम गर्नुभएको थियो ।