दमक नगरपालिका र प्रदेश नं १ सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबीच नगरपालिकाभित्र निर्माण हुने भवनको मापदण्ड निर्धारणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । राष्ट्रिय भवन संहिता कार्यान्वयनमा सहकार्यका लागि त्यससम्बन्धी आज सम्झौता भएको दमक नगरपालिकाका सहायक इञ्जीनियर ओम राईले जानकारी दिनुभयो । सम्झौतामा मन्त्रालयका तर्पmबाट सचिव अशोककुमार शाह र दमक नगरपालिकाका तर्पmबाट उपप्रमुख रेगिना भट्टराईले हस्ताक्षर गर्नुभएको छ । यसअघि पनि दमक नगरपालिकाले भवन निर्माण संहिता लागू गरी यसलाई आन्तरिकरूपमा कार्यान्वयनमा ल्याएको भए पनि मन्त्रालयका कार्यक्रमअन्तर्गत सम्झौता गरिएको उपप्रमुख भट्टराईले बताउनुभयो । मन्त्रालयसँग सम्झौतापत्रमा हस्ताक्षर गर्दै उपप्रमुख भट्टराईले दमक नगरपालिकाले यसअघि नै कार्यान्वयनमा ल्याइसकेको संहितालाई सम्झौताअनुसार अझ कडाइका साथ पालना गर्ने बताउनुभयो । नेपाल भूकम्पीय जोखिममा रहेको देश साथै विभिन्न प्राकृतिक विपत्तिहरू आइरहने हुँदा संरचना निर्माण गर्दा संहिताअनुसारको हुनैपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव शाहले उक्त सम्झौता कुनै समयसीमा तोकेर भन्दा पनि सधैँका लागि गरिएको भन्दै मन्त्रलयले सम्झौताअनुसार कार्यान्वयन भए÷नभएको अनुगमनसमेत गर्ने बताउनुभयो ।